हिमस्टार ऊर्जा कम्पनीको शेयर रोक्का

Aug 18, 2025 05:49 PM Merolagani



नेप्सेमा कारोबारमा नआउँदै हिम स्टार ऊर्जा कम्पनीको शेयर रोक्का भएको छ । हालै आइपीओ निष्काशन गरेर बाँडफाँट भएर लगानीकर्ताको खातामा आएको शेयर रोक्का भएको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

आइपीओ परेको शेयर लगानीकर्ताको खातामा जम्मा गर्ने क्रममा शेयर रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि एनआईसी एसिया क्यापिटलबाट प्राविधिक त्रुटि भएर आइपीओ नपरेको खातामा समेत शेयर जम्मा भएपछि सीडीएससीले उक्त त्रुटि सच्याउने प्रयोजनको लागि भदौ २ गते जम्मा भएको हिमस्टारको शेयर रोक्का राखेको जनाएको छ ।

 




ट्रेड टावरको आम्दानी उल्लेख्य बढ्यो, नाफा कति?

Aug 15, 2025 09:15 AM

ट्रेड टावर लिमिटेड (TTL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य बढेको छ।