असोज पहिलो सातादेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

Aug 24, 2025 02:14 PM merolagani



आगामी असोजको पहिलो सातादेखि यसपालीको दशैंका लागि लक्षित गरेर सवारीसाधनको अग्रिम टिकट खुल्ने भएको छ ।

नेपालीहरुको महान पर्व दशैं मान्न गाउँ जानेहरुका लागि असोज पहिलो सातादेखि टिकट बुकिङ खुल्ने भएको हो ।

खासगरी, काठमाडौं उपत्यकामा विभिन्न पेशा, व्यवसाय गरेको व्यक्तिहरु दशैं मान्न गाउँ जाने गरेका छन् । दशैंका बेला यात्रुहरुको भीडभाड हुने हुँदा सरकारले हरेक वर्ष अग्रिम रुपमा टिकट बुकिङ खुलाउने गरेको छ ।

यसपालीको बिजयादशमी आगामी असोज १६ गते परेको छ । यसपाली दशैंका लागि अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुल्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मेरो लगानीलाई बताए ।

‘अहिले नै छलफल गरेका छैनौं । तथापी, असोज ५-६ गतेसम्म त बुकिङ खुलिसक्छ,’ उनले भने, ‘यसवर्ष पनि यात्रुले टिकट पाइन भन्ने अवस्था रहँदैन् । शुरक्षित साथ यात्रुलाई गन्तव्यमा पुर्याउँछौं ।’
हरेक वर्ष काठमाडौं उपत्यकाबाट २५ लाखभन्दा बढी यात्रुहरु दशैंका बेला गाउँ पुग्ने गरेका छन् ।




बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Sep 01, 2025 06:02 AM

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।