लघुवित्तले धेरै लाभांश दिन पाउने भएपछि बजारमा चार्म

Aug 25, 2025 05:19 PM Merolagani



शेयर बजार बढ्न सुरु गरेको छ । निरन्तर रुपमा घटेको बजार सोमबारदेखि बढ्न सुरु गरेको हो ।

सोमबारको बजार २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ । यसदिन ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । बजारले एक चरणको उचाइ बनाएर घट्दा दोहोरो अंकको वृद्धि हुन सकेको थिएन । आजको दोहोरो अंकको वृद्धि भएको छ ।

 

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांश सिमा पुनरावलोकन गरेपछि बजार बढेको हो ।  निरन्तर घटेपछि बजारले बढ्ने आधार खोजेको थियो । राष्ट्र बैंकको उक्त सर्कुल बजार बढ्ने राम्रो आधार बनेको हो । त्यसैगरी, राष्ट्र बैंकको पछिल्लो समय सार्वजनिक भएको विवरण अनुसार मार्जिन प्रकृतिको कर्जा बढेको छ । साथै रेमिट्यान्स रकम भित्रिने क्रम बढेको छ । अर्थतन्त्रको सूचकहरु सकारात्मक हुँदै गर्दा बजार बढ्नेमा लगानीकर्ताहरु आशावादी भएका छन् ।

 




पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।