सामसुङ ग्यालेक्सी ए १७ 5G सार्वजनिक, प्रिमियम सुविधासहित किफायती मूल्यमा पाइने

Aug 31, 2025 01:42 PM merolagani



सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ 5G सार्वजनिक गरेको छ।

सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ 5G सार्वजनिक गरेको छ। कम्पनीले हालै सार्वजनिक गरेको उक्त स्मार्ट मोबाइलको मूल्य ३४ हजार ९९९(८.२५६जीबी), रु. ३०,९९९ (८.१२८जीबी) र रु. २८,९९९ (६.१२८जीबी) तोकिएको छ।

ग्यालेक्सी ए १७ फाइभजीमा ६.७९ इन्च सुपर एमोलिड डिस्प्ले ९० हर्ज रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन, र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ। यसमा ५० एमपी ओआइएस मुख्य क्यामेरा, ५ एमबी अल्ट्रा–वाईड र २ एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।

यसमा जेमिनी इंटिग्रेशन, जेमिनी लाइभ र सर्कल टु सर्चजस्ता एआइ टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउने कम्पनीले विश्वास लिएको छ ।

 

नयाँ ग्यालेक्सी सार्वजनिक कार्यक्रममा सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सीको नयाँ प्रडक्टले उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेको बताए ।

उनी भन्छन्, “ग्यालेक्सी ए १७ 5G मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं। प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकुन् भन्ने हाम्रो विश्वास हो। ए १७ ले एआइ सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।”

 




बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Sep 01, 2025 06:02 AM

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।