शक्तिशाली भूकम्पका कारण अफगानिस्तानमा मृत्यु हुनेको संख्या ६१० पुग्यो

Sep 01, 2025 02:33 PM Merolagani



गृह मन्त्रालयले अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको जनाएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

आइतबार राति ११ः४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। त्यसपछि कम्तीमा ३ पटक फेरि भूकम्प गएका थियो। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।

समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।

भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको बताइएको छ। जहाँको लगभग ९० प्रतिशत जमिन पहाडी छ।

भूकम्प प्रभावित क्षेत्रमा जाने सडकहरु धेरै साँघुरा छन्। तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्।

तालिबान अधिकारीहरुले आफूहरुसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरुमा हेलिकप्टर उपलब्ध गराउन र पुग्न अन्तर्राष्ट्रिय संस्थाहरुबाट सहयोग खोजिरहेको बताएका छन्।




बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Sep 01, 2025 06:02 AM

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।