गोंगबुको एक घरबाट ३ करोड बरामद, एक जना पक्राउ

Sep 02, 2025 05:33 PM Merolagani



प्रहरीले गोंगबु टाउन प्लानिङमा रहेको एउटा घरबाट तीन करोड नगद बरामद गरेको छ । एक जनालाई नियन्त्रणमा लिएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले छापामारी ठूलो परिमाणमा अवैध रकम बरामद गरेको हो । प्रहरी टोलीले उक्त घरबाट सुनका गहना पनि ठूलो परिमाणमा बरामद गरेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार गोरखा घर भएका विनोद श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेकाे छ ।




बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Sep 01, 2025 06:02 AM

बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।