Sun, Feb 22, 2026
सरकारले सडक विस्तार गर्दा घर भत्किएकाे भन्दै पीडितहरुले माइतीघरमा विराेध प्रर्दशन गरेका छन् । सरकारले हेटौंडामा हालै घर भत्काएपछिका पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले सडक विस्तारको नाममा एकाएक डोजर लगाउँदै घर भत्काएपछि आफूहरु घरबारविहीन भएको उनीहरुको भनाइ छ ।
गैरन्यायिकरूपमा घर भत्काएर स्वयम् राज्यले सुकुम्बासी बनाएको आरोप लगाउँदै प्रदर्शनकारीहरुले क्षतिपूर्ति माग गरेका छन्।