अबदेखि प्रतिनिधि सभाको बैठकमा फोनमा कुरा गर्न नपाइने

Apr 21, 2026 04:06 PM Merolagani



प्रतिनिधि सभाको बैठक सञ्चालनलाई थप व्यवस्थित बनाउन नयाँ नियम प्रस्ताव गरिएको छ। अबदेखि बैठक कक्षभित्र मोबाइल फोन प्रयोगमा कडाइ गरिने भएको छ।

कार्यसञ्चालन नियमावलीको मस्यौदाअनुसार बैठकका क्रममा फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न निषेध गरिने व्यवस्था गरिएको छ। यस प्रावधानलाई नियमावलीको नियम २० अन्तर्गत ‘बैठकमा पालन गर्नुपर्ने नियम’ शीर्षकमा समावेश गरिएको छ।

 

उप–नियम (ट) मा बैठक कक्षभित्र मोबाइल फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकारको रेकर्डिङ वा फोटो खिच्न नपाइने स्पष्ट पारिएको छ।

यसअघि लागू कार्यसञ्चालन नियमावलीमा यस्तो व्यवस्था थिएन ।