बिपिडब्लु लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्न सामुदायिक लघुवित्तले बोलायो विशेष साधारण सभा

Oct 02, 2023 09:04 AM Merolagani



सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। लघुवित्तले असोज ३० गते मंगलबार, होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड (BPW) सँग मर्ज हुने, शेयर स्वाप रेशियो १ बराबर ०.८५३५ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले गाभिएपश्चात गठन हुने सञ्चालक समितिको कार्यकाल सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ लघुवित्तले असोज २१ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।