बिक्री आम्दानी बढेपनि शिवम् सिमेन्ट्स किन नोक्सानीमा?

Nov 10, 2023 06:40 AM Merolagani



शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी बढेपनि अन्य आम्दानी घटेको र खर्च बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.०६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९३.२२ प्रतिशत घटेको छ भने कुल आम्दानी १०.७७ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च समीक्ष अवधिमा ७.९३ प्रतिशत बढेको छ। जसका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा रहेको छ।




comments powered by Disqus

प्राइम कमर्सियल बैंकले नगद लाभांश वितरण गर्ने

Oct 27, 2024 10:06 AM

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।