नाफासँगै प्रतिशेयर आम्दानी पनि बढाउन सफल सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

Feb 12, 2024 10:39 AM Merolagani



सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६४.०६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३० करोड १ लाख रुपैयाँ थियो।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १३२ प्रतिशत बढेको छ भने खुद दाबी खर्च २२३.७९ प्रतिशत र कुल खर्च १४०.४५ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७२ पैसा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ४ पैसा बढी हो। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ३६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३१ गुणा रहेको छ।

२ अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १७ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७६ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ रहेको छ।




comments powered by Disqus

संस्थापक शेयर खरिद गर्न स्वीकृति दिनेलगायतका १८ निर्णय गर्याे मन्त्रिपरिषद् बैठकले

Feb 04, 2025 05:54 PM

सरकारले क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनीको विक्रीमा रहेको आईएल एण्ड एफएसरइनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९,७३,१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।