वाणिज्य बैंकहरुमध्ये नबिल बैंकको नाफा सबैभन्दा धेरै

Apr 19, 2024 10:10 AM Merolagani



हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंक (NABIL) ले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ। सो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि बैंकको खर्च बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.४० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.३५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.७२ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ७ रुपैयाँ ६२ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २१ पैसा घटेर २३ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब ३२ करोड रुपैयाँ सञ्चित छ। चैत अन्त्यसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।