नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । राष्ट्रपति पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्दै पूंजी बजारको विकासको लागि विभिन्न समयमा भएका अध्ययनहरुले दिएका सुझावहरुलाई समेटेर नीतिगत व्यवस्था गर्ने घोषणा गरेका छन् । त्यस्तै लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा पनि गरेका छन् ।
C6#
५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय यसमा समेटिने गर्छ ।