प्रहरीले काठमाडाैंमा फोहोर बोक्ने सवारीका चालकहरूलाई पक्राउ गरेपछि आक्रोशित हुँदै उनले यस्ताे चेतावनी दिएका हुन् । साेमबार बेलुकी सामाजिक संजालमा एक स्टाटस लेख्दलै उनले फाेहाेर उठाउने सवारी चालकहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने बताएका छन् ।
मेयर बालेन लेख्छन्, 'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिदैन!'
![](https://images.merolagani.com/Uploads/Repository/638518280058828700.png)