कट अफ प्राइसमा आउन अब ८ रुपैयाँ झर्नुपर्ने हुन्छ । अहिलेकै गतिमा निरन्तर ओरालो लाग्ने हो भने तामाकोशीको शेयर कट अफ प्राइसमा नै आउने लगानीकर्ताले बताउन थालेका छन् ।
अपर तामाकोशीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएपछि आपूर्ति बढी भएकाले शेयरको मूल्य घट्न गएकाे लगानीकर्ताको भनाइ छ । अपर तामाकोशीको हकप्रदको शेयर बिक्री नभएपछि लिलामीमा शेयर बिक्री गरिएको थियो ।
अपर तामाकोशीले गत पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो ।