बिहीबार बिहान सांगितिक कार्यक्रमकालागि दुबई उड्न गायक राई विमान नै चढिसकेका थिए । तर मदिराले लठ्ठ राईले फ्लाई दुबई एयरलाइन्सका कर्मचारीसँग झगडा गरे । जसपश्चात उनलाई विमानबाट उतारेर घर फर्काइएकाे थियाे ।
उनी विमानस्थल पुग्नु अगावै नै मदिराकाे मातमा लठ्ठिएकाे बताइएकाे छ । राईले विमानभित्र हल्ला गरेर एयरलाइन्सका कर्मचारीसँग नै झगडा गरेका थिए । त्यसपछि, राईलाई प्रहरीको जिम्मा लगाइयाे। र प्रहरीले उनलाई ट्याक्सीमा हालेर घर पठाइदिएको थियाे ।
फ्लाई दुबईकाे विमान भने उनलाई छाेडेर अन्य यात्रुका साथ दुबई उडिसकेको छ ।