राष्ट्र बैंकले १२ सर्त राखेर बैंकहरुलाई अग्राधिकर शेयर जारी गर्ने बाटो खोल्यो, पूँजीकोषको समस्या सामाधान होला?

Jun 27, 2024 01:00 PM Merolagani

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई १२ वटा सर्त राखेर अग्राधिकार शेयर जारी गर्ने बाटो खोलेको छ। केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको हो।

अहिले बैंकहरुको पूँजीकोष दबावमा रहेको कारण बैंकहरुले पूँजीकोष बढाउने विकल्प दिनुपर्ने माग गरिरहेका थिए। सोहि अनुसार केन्द्रीय बैंकले पूँजीकोष बढाउन अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने बाटो खोलिदिएको हो।

पूँजीकोष दबावमा रहेका बैंकहरुले अब अग्राधिकार शेयर जारी गरी आफ्नो पूँजीकोष बढाउन सक्ने छन्। अहिले आधा दर्जन बैंकको पूँजीकोष दबावमा छ। उनीहरुले अग्राधिकार शेयर जारी गरेर केन्द्रीय बैंकले तोकेअनुसारको पूँजीकोष कायम गर्न पाउने छन्।

अहिले नबिल बैंक र एनआइसी एशिया बैंकले अग्राधिकार शेयर जारी गर्न प्रकृया अघि बढाइसकेका छन्।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न केन्द्रीय बैंकले तोकेका सर्तहरुः

१. अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन ।

२. अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ ।

३. अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्नेछ । साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ ।

४. अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ ।

५. अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थालेविवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।

६. अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन ।

७. अविमोच्य असञ्चिति अग्राधिकार सेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा:

(क) अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्नुपूर्व यस बैंकको स्वीकृति लिनुपर्नेछ ।

(ख) यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशत भन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ ।

(ग) खण्ड (ख) बमोजिम अविमोच्य असञ्चिति अग्राधिकार सेयरलाई संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि-सुत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ ।

८. इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई सार्वजनिक गर्नुपर्नेछ ।

९. इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताबाट देहायबमोजिम व्यवस्था समेत समावेश गरी लिखित सहमति लिनुपर्नेछः

(क) उपबुँदा ८. बमोजिम रिस्क डिस्क्लाेजर स्टेटमेन्ट लगानीकर्ताहरुले प्राप्त गरेको ।

(ख) विवरणपत्रमा उल्लिखित सम्पुर्ण व्यवस्था तथा शर्त पढेको र बुझेको ।

(ग) लगानीकर्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको ।

१०. इजाजतपत्रप्राप्त संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पूँजी मा समावेश भएका नियामकीय पूँजी उपकरणहरु, निक्षेपकर्ता एवं अन्य साधारण साहु भन्दा पछि मात्र हुने।

११. यस बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर स्वीकृति दिँदा आवश्यकता अनुसार अन्य थप शर्तहरु तोक्न सक्नेछ ।

१२. उपर्युक्त व्यवस्था क्यापिटल एडुकेसि फ्रेमवर्क, २०१५ लागु हुने इजाजतपत्रप्राप्त संस्थाको हकमा मात्र लागु हुनेछ ।

comments powered by Disqus

रिलायन्स स्पिनिङको आइपीओ कम्तिमा ५० कित्ता भर्नु पर्ने जसका लागि ४१ हजार ४० रुपैयाँ चाहिने

Jun 26, 2024 06:32 PM

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृतिसँगै लगानीकर्ताहरुले पैसाको जोहो गर्नुपर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको दोस्रो कम्पनी रिलायन्स स्पिनिङकाे लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । न्युनतम ५० कित्ता शेयरकाे लागि आवेदन गर्नुपर्ने हुँदा साे रकम आवश्यक पर्ने भएकाे हाे ।