आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्न आजको बैठक बस्दै थियाे। तर बैठकमा तीन घण्टा भइसक्दा पनि मेयर बालेन नै आएनन् । तर बालेनले आज नै सामाजिक संजालमा एक स्टाटस लेख्दै नगरसभा स्थगित गरेको जानकारी दिएका थिए ।
शुक्रबार दिउँसाे मेयर बालेनले स्टाटस लेख्दै एमाले काङ्ग्रेसमाथि नै आज बस्ने नगरसभा बैठक रोकेकाे आरोप लगाएका छन् । हरेक वर्ष बिपी कोइराला र मदन भण्डारीको नाममा कार्यक्रम गर्न महानगरले बजेट छुट्याए पनि याे वर्ष भने मेयर बालेनले उक्त प्रस्ताव अस्विकार गरेपछि नगरसभा स्थगित भएकाे हाे ।
![](https://images.merolagani.com/Uploads/Repository/638551830866249108.png)
तर बालेनले भने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा बजेट छुट्याइनुपर्ने र कार्यक्रम गर्ने प्रस्ताव राखेका थिए जसमा अन्य प्रतिनिधी सहमत नभएपछि बैठक सभा राेकिएकाे उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, "एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ ।
सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी, आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।"