नबिल फ्लेक्सी क्याप फण्डको प्रतिफल घोषणा, बुकक्लोज आज

Sep 11, 2024 09:04 AM Merolagani



नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, नबिल फ्लेक्सी क्याप फण्ड (NFCF) ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

फण्डले करसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ फण्डले भदौ २६ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। यस अनुसार हिजो अर्थात भदौ २५ गतेसम्म कायम रहेका इकाईधनीहरुले, फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले असोज १० गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले बताएको छ।

फण्डको कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।