सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगित

Sep 11, 2024 11:00 AM Merolagani



सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगित भएको छ। भदौ २५ गते प्राप्त भएको नेपाल धितोपत्र बोर्डको पत्रपश्चात प्रतिफल वितरण कार्य स्थगित भएको हो।

फण्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले आज (भदौ २६ गते) बुकक्लोज गर्ने निर्णय गरेको थियो। तर, बोर्डको निर्देशन बमोजिम हाललाई प्रतिफल वितरण कार्य स्थगित गरिएको फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले जानकारी दिएको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।