बीमा गराउनेहरुको संख्या घट्न थाल्यो, लघु वित्त र सहकारी क्षेत्रको समस्याको मारमा बीमा क्षेत्र पर्न थालेको दावी

Sep 13, 2024 03:18 PM mero lagani



सरकारले बीमासँग सम्वन्धित विभिन्न कार्यक्रमहरु लागू गरे पनि तिनीहरुलाई व्यवस्थित गर्न नसक्दा समग्र बीमा क्षेत्रप्रति नै जन विश्वास घट्दै गएको पाइएको छ । 

नेपाल बीमा प्राधिकरणका अनुसार आव २०७९-०८० सम्म कूल जनसंख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । तर, आव २०८०-०८१ मा उक्त कूल जनसंख्याको ४३ दशमलव २७ प्रतिशतमा मात्र बीमाको पहुँच पुगेको छ । अर्थात अघिल्लो वर्षको तुलनामा गत आवमा मात्रै एक दशमलव ११ प्रतिशतले बीमाको पहुँच बाहिर पुगेका छन् ।

‘बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरण र विभिन्न कम्पनीहरुले बीमाको बारेमा जनचेतना फैलाउन अनेक कार्यक्रमहरु संचालन गरिरहदाँ पनि बीमा गराउनेहरुको संख्या घट्नु गम्भिर चिन्ताको विषय हो । यसले सरकारका नीति तथा बीमा प्राधिकरण र कम्पनीहरुप्रतिको जन विश्वास घट्दै गइरहेको पुष्टि गर्छ,’ एउटा बीमा कम्पनीका एक उच्च अधिकारी भन्छन् ।

बीमा प्राधिकरणका अधिकारीहरु भने लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कटको असर बीमा क्षेत्रमा परेको दावी गर्छन् । ‘गत आवमा लघुवित्त र सहकारी क्षेत्रमा धेरै सङ्कट देखापर्यो । यसले लघुवित्त र सहकारीले नियमित रुपमा गर्दै आइरहेको बीमालाई निरन्तरता दिन नसक्दा झिनो प्रतिशतले पहुँच घटेको देखिन्छ,’ प्राधिकरणका निर्देशक शुशिल सुवेदीले भने ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।