टेवा क्षेत्रमा गुडविल फाइनान्स, हेरौँ फाइनान्सको कम्पनी विश्लेषण

Sep 14, 2024 06:09 PM Merolagani



यस साता फाइनान्स उपसमूहको परिसूचक ०.८० प्रतिशत घटेको छ। गत साता ३४४३.८६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३७.७० अंक घटेर ३४१६.१६ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको गुडविल फाइनान्स कम्पनी लिमिटेड (GFCL)।

यस साता फाइनान्सको शेयरमूल्य सर्वाधिक १०.४८ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन १ हजार २४० रुपैयाँमा अन्तिम कारोबार भएको यस फाइनान्सको शेयर, यस साता १ हजार ११० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

टेवा क्षेत्रमा

साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्य टेवा क्षेत्रमा रहेको छ। हाल फाइनान्सको टेवा क्षेत्र १ हजार ५० देखि १ हजार ११० सम्म रहेको छ। आगामी दिनमा सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा, फाइनान्सको शेयरमूलयले १ हजार २८५ देखि १ हजार ३३५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

यस साता साप्ताहिक रुपमा फाइनान्सको शेयरमूल्यले लामो टुप्पी र पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने फाइनान्सको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। जसले सो दिन भने बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

साताको अन्तिम कारोबार दिन मेरोलगानी एआई चार्टले फाइनान्सको शेयरमा बाइ सिग्नल दिएको छ। एआईले १ हजार ११० मा बाइ सिग्नल दिएको हो। सो सिग्नलको सेलिङ्ग रेञ्ज भने १ हजार २९० देखि १ हजार ३३५ सम्म रहेको छ। हालसम्म मेरोलगानी एआईले फाइनान्सको शेयरमा ६ सिग्नल दिइसकेको छ। जसमध्ये ५ सिग्नलमार्फत लगानीकर्ताले नाफा कमाइसकेका छन् भने एक सिग्नल चलिरहेको छ।

कमजोर भोल्यूम

यस साता फाइनान्सको दैनिक औषतमा १ लाख ७० हजार १३५ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको २० दिने औषत भोल्यूम २ लाख ३० हजार ९५३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २६.३३ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडी अनुसार फाइनान्सको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। यस साता फाइनान्सको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, फाइनान्सको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ।

ओभरसोल्ड जोन

स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले १४ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्स ९ करोड २३ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको र इम्पेरमेन्ट चार्ज घटेसँगै फाइनान्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २८ करोड ८५ लाख रुपैयाँबाट बढेर ३१ करोड ८५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको फाइनान्सको सञ्चालन मुनाफा, गत आर्थिक वर्षमा १८ करोड ७५ लाख रुपैयाँ धनात्मक भएको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज २१ करोडबाट घटेर ३ करोडमा झरेसँगै सञ्चालन मुनाफा धनात्मक हुन पुगेको हो।

सो अवधिसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा भने २९ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असार मसान्तसम्ममा ९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ८२ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा फाइनान्सले १२ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चौथो त्रैमाससम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६९ पैसा रहेको छ भने बुकभ्यालु १८७ रुपैयाँ ७२ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा फाइनान्सको मूल्य आम्दानी अनुपात ७०.७५ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ५.९१ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा फाइनान्सको ९४ लाख ६१ हजार १५२ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको शेयर प्रतिकित्ता १ हजार ११० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण १० अर्ब ५० करोड १८ लाख ७८ हजार ७२० रुपैयाँ रहेको छ।

फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ६५९ रुपैयाँ १३ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य १ हजार ३५३ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३७५ रुपैयाँ रहेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्तामा फाइनान्सको शेयरमूल्य अझ बढ्ने अपेक्षा रहेको संकेत गर्दछ।

३९ नम्बर ब्रोकरबाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ३९ ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। सो ब्रोकरले यस साता फाइनान्सको २ लाख १० हजार १५० कित्ता खरिद गरेको छ भने १ लाख ५१ हजार २१२ कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४१ ले १ लाख १ हजार २६१ कित्ता शेयर खरिद गरेको छ भने १ लाख ८ हजार ६३२ कित्ता शेयर बिक्री गरेको छ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।