नयाँ ‘हाई’ बनाउँदै आत्मनिर्भर लघुवित्त, हेरौँ कम्पनी विश्लेषण

Aug 31, 2024 06:14 PM Merolagani



यस साता नेप्से परिसूचक साढे ७ प्रतिशत घटेको छ। त्यस्तै, १३ वटै उपसमूहको परिसूचक बढेको छ। तर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था (ANLB) को शेयरमूल्यले भने नयाँ ‘हाई’ बनाइरहेको छ।

यस साता सो लघुवित्तको शेयरमूल्य सर्वाधिक ३१.१५ प्रतिशत बढेको छ। गत साता ३ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयर, यस साता ४ हजार ८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

नयाँ ‘हाई’ बनाउँदै

यस साता लघुवित्तको शेयरमूल्यले नयाँ ‘हाई’ बनाएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्य ४ हजार ३९० रुपैयाँसम्म पुगेको थियो। आगामी दिनमा लघुवित्तको शेयरमूल्य बढेमा ४ हजार ७४० देखि ४ हजार ८०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा ३ हजार ३८० देखि ३ हजार ४४० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

यस साता साप्ताहिक रुपमा लघुवित्तको शेयरमूल्यले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले यस साता लघुवित्तको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले डोजी मैनबत्ती बनाएको छ। यसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले मेरोलगानी एआई चार्टले हालसम्म लघुवित्तको शेयरमा एक पटक मात्र बाई सिग्नल दिएको छ। सो सिग्नलमार्फत लगानीकर्ताहरुले १०.४२ प्रतिशत नाफा कमाएका थिए। सोपश्चात हालसम्म एआईले लघुवित्तको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता लघुवित्तको शेयरमूल्यसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता लघुवित्तको दैनिक औषतमा ६ हजार ४८३ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम ५ हजार ५७७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १६.२५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

साताको अन्तिम कारोबार दिन लघुवित्तको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, लघुवित्तको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले यस साता लघुवित्तको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता लघुवित्तको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता लघुवित्तको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ८६ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि निष्क्रिय कर्जा उल्लेख्य बढेपछि खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापत १७ करोड ६४ लाख रुपैयाँ व्यवस्था गरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १० करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। त्यसैले मात्र सो अवधिसम्ममा लघुवित्त नाफामा देखिएको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १४ करोड ८१ लाख रुपैयाँ सापटी र ८६ करोड १५ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५७ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ३७ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ ३८९ रुपैयाँ ८४ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात २००.२९ गुणा र प्राइस टु बुकभ्यालु रेशियो १०.४७ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको ६ लाख ८५ हजार ७१८ कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य २ हजार ४०७ रुपैयाँ ७० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य ४ हजार ३९० रुपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार ५५० रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण २ अर्ब ७९ करोड ७७ लाख २९ हजार ४४० रुपैयाँ रहेको छ।

ब्रोकर ६२ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ६२ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको १३ हजार १६९ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ६० ले लघुवित्तको ४ हजार ८३१ कित्ता शेयर खरिद गरेको छ। लघुवित्तको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ३८ रहेको छ। यस साता सो ब्रोकरले लघुवित्तको ३ हजार २८८ कित्ता शेयर बिक्री गरको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले एक्सट्रिम ग्रीड जोनमा रहेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ लघुवित्तको शेयर अझै मूल्य बढ्छ भन्ने अपेक्षा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

परराष्ट्र मन्त्री डा. आरजु राणाको भ्रमण लगत्तै भारतद्वारा नेपाली सिमेन्ट निकासीमा ‘अघोषित अवरोध’, नेपाल भारत सम्वन्ध के होला?

Aug 30, 2024 06:00 AM

भारतले नेपालमा उत्पादित समानहरुलाई आफ्नो देश प्रवेशमा ‘अघोषित अवरोध’ गर्न थालेको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा भारत भ्रमणबाट फर्किएको १५ दिन नवित्दै सिमा नाकाहरुमा कडाई गर्दै नेपालमा उत्पादित समान आफ्नो देशमा प्रवेश गर्न अवरोध गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।