गत साता करिब साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Sep 15, 2024 06:37 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७२७.३६ विन्दुमा बन्द भएको नेप्से, गत साता १.४२ प्रतिशत अर्थात ३८.८३ अंक घटेर २६८८.५३ विन्दुमा बन्द भएको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो। गत साताको अन्तिम कारोबार दिन नेप्से ७८ अंक बढेर बन्द भएको थियो।

टेवा क्षेत्र नजिक

गत साताको बुधबार, नेप्से परिसूचक घटेर टेवा क्षेत्रमा झरेको थियो। तर साताको अन्तिम कारोबार दिन भने नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेको देखिन्छ। हाल नेप्सेको टेवा क्षेत्र २५३० देखि २६३० सम्म रहेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा २९५० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा गत साता नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। यो एक ट्रेण्ड रिभर्सलको संकेत हो। यसले आगामी साता बजारमा बढ्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से घटेसँगै गत साता भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको थियो। गत साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १५ अर्ब ३८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४५.५७ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडी अनुसार नेप्से बियरिश प्रवृत्तिमा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ।

ओभरसोल्ड जोन

स्टकास्टिक आरएसआई अनुसार गत साताको अन्तिम कारोबार दिन नेप्से ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ताको चाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।