नेप्से सूचकमा कारोबार खुलेको सुरुवाती ३ घण्टा ठुलो बिक्री चाप नदेखिएपनि अन्तिम एक घण्टामा बिक्री चाप बढ्ने गरेको देखिन्छ। पछिल्लो एक साताकै बजार हेर्ने हो भने अन्तिम समयमा आएको बिक्री चापले नै शेयर बजार घटाइरहेको छ।
पहिलो ३ घण्टामा आएको कारोबार रकम पछिल्लो एक घण्टामा नै आउने गरेको छ। यसले पनि अन्तिम समयको बजारलाई लगानीकर्ताले सुष्म रुपले नियालिरहेका छन्।
अन्तिम समयमा बिक्री चाप बढ्नुलाई लगानीकर्ताले दिनभरीको बजार हेरेर अन्तिममा निर्णय गर्ने भएकोले पनि काराेबारकाे अन्तिम समयमा बजारमा चाप देखिएको हो। अर्कोतर्फ अन्तिम समयमा बजारमा बिक्री चाप दिएर बजारलाई घटाउने खेल समेत बजारमा चलिरहेको आशंका लगानीकर्ताले गरेका छन्।
अहिले साधारण लगानीकर्ताको स्टप लस हिट गराएर शेयर बजार बढाउने खेलमा समेत केहि लगानीकर्ता लागेको हुनसक्ने आशंका गरिएको छ। जसलाई प्राविधिक भाषमा वियरिस ट्रयाप पनि भनिन्छ।
पछिल्लो ३ सातादेखि शेयर बजार निरन्तर घट्दा लगानीकर्ता प्यानिक बनेका छन्। यहि मौकामा ठुला लगानीकर्ताहरु शेयर एक्युमुलेट गर्न थालिसकेको लगानीकर्ताहरु बताउँछन्।