आँखुखोला जलविद्युतको हकप्रद शेयर बाँडफाँट, साढे १७ लाख कित्ता लिलामीमा आउने

Sep 16, 2024 08:15 AM Merolagani



आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले असार ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ बराबर १.५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो शेयरमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना शेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद शेयर भदौ ३० गते बाँडफाँट गरेको हो। बाँडफाँट नभएको बाँकी १७ लाख ५० हजार २४८ कित्ता शेयर भने अब लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गरिनेछ।

बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम असोज ४ गते शुक्रबारदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।