बजार १५ प्रतिशतले घट्दा पनि ‘अल टाइम हाइ’ बनाउँदै गरेका यी कम्पनी

Sep 17, 2024 03:20 PM Merolagani



बजार पछिल्लाे इन्ट्रा डे स्वीङ हाइबाट १५ प्रतिशतभन्दा तल झरिसकेको छ । कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएसँगै बढेको बजारले ३ हजार ४८.१५ विन्दुसम्मको ‘इन्ट्रा डे’ उचाई हासिल गरेको थियो । सोमबार बजार बन्द हुँदा २५८० विन्दुमा झरेको छ जुन उच्च विन्दुबाट १५.३३ प्रतिशतको गिरावट हो ।

बजार झन्डै १५ प्रतिशतले गिरावट आउँदा पनि कतिपय कम्पनीहरुलाई भने केही असर परेको छैन । बजारमा कतिपय कम्पनीको शेयरमूल्य झन्डै ५० प्रतिशतसम्मले गिरावट आउँदा पनि केही कम्पनीहरुको शेयर मूल्य भने ‘अल टाइम हाइ’ कै स्तरमा कारोबार भइरहेको छ ।

यहाँ विगत ३ महिनाको उच्च विन्दुबाट बजार १५ प्रतिशतले घट्दा पनि खासै घट्न नसकेका कम्पनीहरुको सूची खोतल्ने प्रयास गरेका छौं । उच्च विन्दुबाट बजार ४ सय ६८ अंकले घटेको छ । त्यत्रो अंकले बजार घट्दा पनि रावा इनर्जी डेभलपमेन्ट र नेपाल ल्युव आयल जस्ता कम्पनी भने ‘अल टाइम हाई’ मै छन् । नेप्से ३ हजारको हाराहारीमा हुँदा ७ सय रुपैयाँ रहेको रावा इनर्जी अहिले ७ सय ६५ रुपैयाँमा सोमबार अन्तिम कारोबार भयो । त्यसैगरी नेपाल ल्युव आयलको शेयर मूल्य नेप्से त्यत्रो घट्दा पनि खासै फरक परेको छैन । नेपाल ल्युव आयलको शेयर मूल्य पनि विगत तीन महिना सबैभन्दा उच्च विन्दुमै कायम रहेको छ ।

जनउत्थान सामुदायीक लघुवित्त, आत्मनिर्भर लघुवित्त, बलेफी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, रिभर फल्स पावर, समाज लघुवित्त, हिमालन हाइड्रोपावर र एनएलजी इन्स्योरेन्स थोरै घट्ने कम्पनीहरुमा परेका छन् । तथ्यांक अनुसार पछिल्लो उच्च विन्दुबाट जनउत्थान सामुदायीक लघुवित्त शून्य दशमलब ७ प्रतिशत, आत्मनिर्भर लघुवित्त ३.५९ प्रतिशत, बलेफी हाइड्रोपावर ४.८१ प्रतिशत, इष्टर्न हाइड्रोपावर ५.५३ प्रतिशत, रिफर फल्स पावर ६.६८ प्रतिशत, समाज लघुवित्त ७.०७ प्रतिशत, हिमालयन हाइड्रोपावर ८.१८ प्रतिशत र एनएलजी इन्स्योरेन्स ८.२८ प्रतिशतले मात्रै घटेका छन् ।

त्यसैगरी माहुली लघुवित्त, वीन नेपाल लघुवित्त, अप्पर स्याङे हाइड्रोपावर, उपकार लघुवत्त, सयपत्री हाइड्रोपावर, एभरेष्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सिर्जनशील लघुवित्त, मानुषी लघुवित्त र मिथिला लघुवित्त थोरै घट्ने २० कम्पनीको सूचीमा अटाउन सफल कम्पनीहरु हुन ।

नेप्से १५ प्रतिशतले घट्दा पनि अधिकतम ११.२४ प्रतिशतसम्म मात्रै घट्ने कम्पनीहरु यो सूचीमा परेका छन् । धेरै नघ्टने कम्पनीहरुमा ७ वटा हाइड्रोपावर, १० वटा माइक्रोफाइनान्स, एउटा उत्पादनमूलक, एउटा ननलाइफ इन्स्योरेन्स र एउटा वाणिज्य बैंक परेका छन् ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।