मर्सीडिज बेंजकाे भारतमा इक्यूएस ५८० ४मेटिक सार्वजनिक, कति रहेकाे छ मूल्य ?

Sep 17, 2024 12:19 PM Merolagani



मर्सीडिज बेंजले भारतीय बजारमा इक्यूएस ५८०  ४मेटिक सार्वजनिक गरेको छ । यसको एक्स-शोरूम मूल्य एक कराेड ४१ लाख भारतीय रुपैयाँ तोकिएको छ। कम्पनीले भर्खरै मेब्याक इक्यूएस एसयूभी पनि लन्च गरेको छ ।

मर्सीडिज बेंजको एक्स शोरूम मूल्य २ कराेड २५ लाख भारतीय रुपैयाँ छ। कम्पनीले एक सातामा मेब्याक इक्यूएस एसयूभीका लागि ५० भन्दा बढी बुकिङ भएकाे दाबी गरेको छ ।

मर्सिडीज बेंज इक्यूएस ५८० ४मेटिक एसयूभी कम्पनीको चौथो टप एन्ड ब्याट्री इलेक्ट्रिक गाडी हो। कम्पनीले इक्यूएस सेडान, इक्युइ एसयूभी  र मेब्याक इक्यूएस पछि याे गाडी ल्याएकाे हाे । मर्सिडिज बेन्ज इक्यूएस एसयूभी  सेडान पछि कम्पनीको चाकन प्लान्टमा उत्पादन हुने दोस्रो मोडल हो।

ब्याट्री पावर र रेंज

भारतमा लन्च गरिएको मर्सिडीज बेंज इक्यूएस देशमा उपलब्ध एक मात्र भर्जन ५८० ४ मेटिक हुनेछ।एसयूभीमा ११८ kWhको ब्याट्री प्याक छ। इक्यूएस एसयूभीले एक पटक चार्ज गर्दा ८०९ किमीको ड्राइभिङ रेंज प्रदान गर्ने दाबी गरेको छ।

इक्यूएस एसयूभीमा दुईवटा इलेक्ट्रिक मोटरहरू छन् । प्रत्येक एक्सलमा एउटाले केही असाधारण रूपमा स्लीक, स्ट्रंग प्रोपल्सन बनाउँछ। अल-ह्विल ड्राइभले ५३७ एचपी र ८५८ एनएम टर्क उत्पादन गर्छ। साेहि कारण यसले ४.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ । अल-ह्वील-ड्राइभ सिस्टमले विभिन्न ड्राइभिङका अवस्थाहरूमा एसयूभीको अप्टिमम ट्रयाक्सन र ह्यान्डलिङलाई समर्थन गर्दछ।

बाहिरी भाग कस्तो छ ?

जर्मन लक्जरी कार निर्माताका बाँकी इक्यू इलेक्ट्रिक मोडलहरूमा जस्तै मर्सिडीज बेंज इक्यूएस एसयूभीमा पनि राम्रो एराेडायनामिक्सका लागि पातलो लाइनहरूलाई प्राथमिकता दिएकाे छ। यद्यपि, यो कार अझै पनि यसको मर्सिडीज बेंज जीएलएस एसयूभीकाे आकार बराबर छ। तर नयाँ  इक्यूस एसयूभीकाे लम्बाइ करिब ५,१२५ एमएम, चाैडाइ १९५९ एमएम र उचाइ १,७१८ एमएम रहेकाे छ।

मेब्याक इक्यूएस एसयूभीकाे सिल्हूट जस्तै, स्ट्याण्डर्ड इक्यूएस एसयूभीमा पनि ठूलो कालो प्यानल ग्रिल, एंगुलर एलईडी हेडलाइटहरू र अगाडि एक हाेरिजन्टल एलईडी लाइट बार समावेश रहेकाे छ। जुन अन्य इक्यू मोडलहरूसँग धेरै मिल्दोजुल्दो छ।

लुक्सको हिसाबले, नयाँ इलेक्ट्रिक मोडेल मे ब्याक इक्यूएस भन्दा अलि कम छ। जसमा क्रोम स्टाइल अलि कम रहेकाे छ भने सिंगल टोन कलर स्किम दिइएको छ ।  मर्सीडिज बेंज इक्यूएस ५८०  ४मेटिक एसयूभीले एएमजी लाइन प्याकेज पाउँछ। जुन स्पोर्टियर फ्रन्ट र रियर बम्परका साथै २१ इन्चको एएमजी लाइन डायमण्ड कट एलोय ह्वीलहरूसँग आउँछ।

इंटेरियर र सुविधाहरू

यसमा मेब्याक इक्यूएसको तुलनामा सूक्ष्म विषयवस्तु पनि दिएकाे छ। अल्ट्रा लक्जरी एसयूभीको विपरीत, स्ट्याण्डर्ड इक्यूएस एसयूभीमा ७ सीट लेआउट पाउन सकिन्छ। केबिनमा "हाइपरस्क्रिन" छ जसमा ट्रिपल स्क्रिनहरू रहेका छन्। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, १७.७ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन र १२.३ इन्चको फ्रन्ट प्यासेन्जर स्क्रिन समावेश छ। यसमा अगमेन्टेड रियालिटी नेभिगेसनका साथमा एक वैकल्पिक हेड-अप डिस्प्ले पनि छ। यस एसयूभी कारमा लेदरको अपहोल्स्टर्ड सिट, सफ्ट टच मेटरियल, ५-जोन क्लाइमेट कन्ट्रोल र एडीएस लेभल २, ९-एयरब्याग र अन्य केहि सुविधाहरू पनि छन्।

राख्याे गिनिज वर्ड रेकर्ड

यससँगै, मर्सीडिजको इक्यूएस ५८० ले गिनिज वर्ल्ड रेकर्ड बनाएको छ । सिंगल चार्जमा नै ९४९ किलोमिटर गुडाएर याे गाडीले विश्व रेकर्ड राखेकाे हाे । अटोमिडिया अटोकार इण्डियाले इक्यूएस ५८०लाई एकपटक चार्ज गरेर ९४९ किमी गुडाएको हो ।

भारतको बेंगलुरुबाट सुरु भएको इक्यूएस ५८० को यात्रा मुम्बईसम्म पुगेको थियो । यो यात्रामा यस कारले हाइवेमा ५० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पीड लिएकाे थियो । याे यात्रा तय गर्न दुई दिन लागेको थियाे । पहिलाे दिनकाे यो यात्रामा ५१५.२ किलोमिटरको यात्रा तय गरिएको थियो । दोस्रो दिनको याे यात्रा ४४ प्रतिशत ब्याट्री बाँकी हुँदा सुरू भएको थियो ।

मर्सीडिजको इक्यूएस मोडलको एआरएआइको क्लेमरेन्ज ८५७ किलोमिटर र ड्रयाग कोफिसियन्ट मात्र ०.२० भएकाले याे एरोडायनामिक पनि रहेको छ ।

मर्सीडिज इक्यूएसमा १०७.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने तीन लेभलको रिजेनेरेटिभ सिस्टम रहेको छ । यो ईभीले ८.८० किलोमिटर वाट आवरको इफिसियन्सी दिएको छ ।

यसअघि, वेलायतमा फर्ड मस्टाङ म्याकईले एकपटकको चार्जमा ९१६.७ किलोमिटर गुडेर विश्व रेकर्ड बनाएको थियो ।

एजेन्सी ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।