निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको सुनको मूल्य मंगलबार घट्यो, कतिमा हुँदैछ कारोबार ?

Sep 17, 2024 11:06 AM Merolagani



निरन्तर तीन कारोबार दिन नयाँ रेकर्ड बनाउदै बढेको सुनको मूल्य, मंगलबार घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

 सोमबारकाे बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबारदेखि सुनको मूल्यले निरन्तर रुपमा रेकर्ड बनाउँदै बढेको थियो भने आजको बजारमा घटेको हो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेर एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदीको मूल्य एक हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो ।

 



comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।