समाजवादी पार्टीबाट अलग भएका महताेले करिव ८ महिनापछि खाेले नयाँ पार्टी

Sep 17, 2024 02:54 PM Merolagani



राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलवार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन ।

कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताए । उनले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताए ।

राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिव ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन ।




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।