भदौ मसान्तसम्म १ खर्ब ६९ अर्ब राजस्व संकलन

Sep 17, 2024 04:07 PM Merolagani



चालु आर्थिक वर्षको २ महिनामा सरकारले १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ जुन लक्ष्यको ११ दशमलब ५२ प्रतिशत हो । गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

सरकारले भदौ मसान्तसम्म कर राजस्वबाट १ खर्ब ४५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । गैर कर राजस्व अन्तर्गत २१ अर्ब १९ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ भने अन्य आम्दानी अन्तर्गत ३ अर्ब १३ करोड ३ लाख रुपैयाँ गरी कुल १ खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

चालू आर्थिक वर्षमा भदौ मसान्तसम्म सरकारले १ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको छ । जुन कुल लक्ष्यको ७.३९ प्रतिशत हो । चालु आवको पहिलो दुई महिनामा पुँजीगत तर्फ वर्ष २ महिनामा १४ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ । चालू तर्फ ८२ अर्ब ९८ करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत वर्ष २ महिनामा चालू तर्फ ८७ अर्ब ६६ करोड रुपैयाँ, तथा वित्तीय व्यवस्थापन तर्फ ३५ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको थियो ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।