बेलायत सरकारले ऋण नदिएपछि टाइटानिक जहाज निर्माता कम्पनीद्धारा आफू टाट पल्टिएको घोषणा

Sep 17, 2024 05:36 PM mero lagani



विश्वकै सबैभन्दा प्रतिष्ठित पानी जहाज निर्माता कम्पनी मध्येको एक हल्र्याण्ड एण्ड उल्फ टाट पल्टिएको छ ।

सन् १८६१ मा स्थापना भएको बेलायतको उक्त कम्पनी टाइटानिक जहाज बनाएपछि विश्व विख्यात भएको थियो । सन् १९१२ मा समुद्रको यात्राको क्रममा हिउँसँग ठोक्किएर डुबेको टाइटानिकको बारेमा बनेको चलचित्र विश्व चलचित्र उद्योगको लागि लागि एउटा ‘माइलस्टोन’ मानिन्छ ।

विगत केही वर्षहरुदेखि निरन्तर घाटामा रहेको उक्त कम्पनीले बेलायत सरकारसँग सहुलियत दरमा भुक्तानी गर्ने गरि २६.४ करोड डलर ऋण उपलब्ध गराइदिन अनुरोध गरेको थियो । तर, सरकारले उस्को अनुरोधलाई अस्विकार गरेपछि कम्पनीले सोमबार आफूलाई टाट पल्टिएको घोषणा गरेको हो ।

कम्पनीका कार्यकारी निर्देशक रसेल डाउन्सले १६३ वर्ष पुरानो कम्पनी टाट पल्टिनु केवल बेलायतको लागि मात्र नभएर विश्वकै लागि दुखद घटना भएको दावी गरे । कम्पनी टाट पल्टिएकोले अब उस्ले जहाज निर्माणको काम नगर्ने जानकारी दिंदै डाउन्सले मर्मत सम्भारको काम भने जारी राख्ने बताए ।




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।