बालेनको तस्बिर रहेकाे टिसर्ट लगाएर इन्द्र जात्रा मनाउन गएका युवायुवतीहरू साढे ३ घण्टापछि रिहा

Sep 17, 2024 06:25 PM Merolagani



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको तस्बिर रहेकाे टिसर्ट लगाएर इन्द्र जात्रा मनाउन गएका युवायुवतीहरू रिहा भएका छन् । प्रहरीले उनीहरूलाई ३ घण्टा ३० मिनेटपछि छाेडेकाे हाे ।

|

प्रहरीले पहिले १३ जनालाई नियन्त्रणमा लिएकाे थियाे। तर दिउँसो १ बजेर ३० मिनेटतिर प्रहरीले नियन्त्रणमा लिएका समर्थकहरुलाई प्रहरीले ५ बजेतिर छाडेको हो ।

आज दिउँसाे उनीहरू इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका थिए ।

बालेन समर्थकहरू र स्थानीयबीच झडप नहाेस् भन्नकालागि प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको प्रहरीकाे भनाइ छ  । प्रहरीले जात्रामा कोही–कसैको पक्षमा नाराबाजी तथा हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।

 




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।