भाइरल डली चायवाला काठमाडाैं आइपुगे, हाेटल साेल्टीमा बासदेखि सेलिब्रेटीसँग भेटघाटसम्मकाे याेजना

Sep 17, 2024 07:06 PM Merolagani



भाइरल डली चायवाला नेपाल आइपुगेका छन् । नेपाल आएसँगै पुनः उनी चर्चामा रहेका छन् । रंगीन अन्दाजमा चिया पकाउने र पस्किने यी चायवाला सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल पसेका हुन्।

उनी दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित नेपाल आइपुगेका छन् । झापास्थित भद्रपुरमा रहेको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीका प्रतिनिधि बनेर आरिफ अलिले उनलाई नेपाल ल्याएका हुन् । अलिले डली चायवाला यहाँ घुम्न आउँदा नेपाली पर्यटनमा टेवा पुग्ने बताएका छन् । सामाजिक संजालमा भाइरल चायवाला मार्फत् विश्वका मानिसले नेपाल देख्ने उनले अपेक्षा गरेका छन्।  

हिजाे बेलुकी भारतको बागडोरा विमानस्थलबाट आयोजकले चायवालालाई झापा लगेका थिए । त्यसपछि,धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा आफ्नाे टाेलीसहित उनले बास बसेका थिए ।

यसका साथै,चायवालाले विश्व चर्चित चिया पनि पकाएर पिलाए । झापास्थित लंका रिसोर्टमा उनले रजनीकान्ट स्टाइलमा चिया बनाएर अतिथिलाई पिलाएका थिए ।

त्यसपछि, भने झापामा केहि समय चायवालाले घुमफिर गरे । मंगलबार बेलुकी भने झापाबाट जहाज चढाएर उनलाई काठमाडौं ल्याइएकाे छ । आरिफले सामाजिक संजालमा एक भिडियाे राख्दै डली चायवाला काठमाडाैं ओर्लिएको जानकारी दिएका छन् ।

काठमाडौं आएपछि केही शैक्षिक परामर्शदाता संस्थासँग उनले भेटघाट गर्नेछन् । डली चायवालालाई हेलिकप्टर मार्फत् नै काठमाडौं तथा अन्य हिमाली भेगको भ्रमण समेत गराइने भएको छ। यसका साथै,काठमाडौंमा सेलिब्रेटीहरुलाई बोलाएर इभेन्ट पनि गरिँदैछ । यद्धपी हालसम्म चायवालासँग भेट्ने सेलिब्रेटीहरू काे काे हुन् भन्ने खुलाइएकाे छैन । काठमाडाैंमा उनी हाेटल साेल्टीमा बस्ने भएका छन् । यति मात्र नभई, डली चायवालाको पोखरा भ्रमणको तालिका रहेको छ । उनी तीन दिन पोखरा घुम्नेछन् ।

अलीले लेखेको‘फ्रम न्युटन टु नाउ’ नामक पुस्तककाे प्राेमाेसनमा सहयाेग पुगाेस् भन्ने हेतुले पनि चायवालालाई ल्याइएकाे आयाेजककाे भनाइ छ । बिल गेटससम्म अलिकाे पुस्तक पुर्‍याउन डली चायवालाले सहयोग गर्ने आशासमेत आरिफले गरेका छन् ।

डली चायावालाले विदेश भ्रमणकालागि लाखाैं लिइने बताइएकाे छ । तर खर्च भने यकिन गर्न सकिएकाे छैन । बडीगार्ड र म्यानेजरसहित पाँचतारे होटेलमा बस्दा, माउन्टेन फ्लाइट गर्दा धेरै नै खर्च भएकाे अनुमान सजिलै गर्न सकिन्छ ।

डली चायवाला को हुन् ?

रजनीकान्त स्टाइलमा चिया पकाउने र पस्किने उनको शैलीकै कारण डली चायवाला सामाजिक सञ्जालमा भाइरल भएका थिए । नागपुरस्थित स्टलमा चिया बेच्ने डलि चायवाला एक समय अत्याधिक चर्चित बने । विश्वकै धनाढ्य व्यवसायी बिल गेट्स उनकै स्टलमा गएर चिया पिएपछि उनको चर्चा चुलियो ।

त्यसयता उनले फर्केर हेर्नुपरेको छैन । अहिले पनि उनी कुनै बलिउड सेलिब्रेटीभन्दा कम छैनन् । 

१७ वर्षदेखि चिया बेच्ने डलीको वास्तविक नाम सुनिल पाटिल हो । वास्तवमा उनकी पूर्वप्रेमिकाले उनलाई यही नामले बोलाउँथिन् तर अहिले उनी यही नामले चर्चित भएका छन् । बलिउड सेलिब्रेटीदेखि माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलेसम्म उनको चिया पिएका छन् । अनन्त अम्बानीको वैवाहिक समारोहमा भारत आएका बिल गेट्सको टोलीले विशेष रूपमा डलीलाई हैदरावाद बोलाएर उनको र चियाको सुटिङ गरेको थियो ।

दक्षिण भारतीय चलचित्र र कलाकारहरूबाट प्रेरित भएर डलीले चिया बेच्ने अनौठो तरिका सिर्जना गरेका थिए । यति मात्र होइन, उनले क्याप्टेन जेस स्प्यारोबाट आफ्नो ड्रेसिङ स्टाइल पनि अपनाएका छन् । आज उनको इन्स्टाग्राममा ४१ लाख भन्दा बढी फलोअर्स छन् । उनको ठेलामा मानिसहरु चिया पिउन मात्र होइन फोटो खिच्न र अटोग्राफ लिन पनि लाइन लाउने गर्छन् ।

कहिले के त कहिले के गरेर उनी चर्चा बटुली नै रहन्छन् । केहि समयअघि, उनी निजी विमान चढेको विषयले सामाजिक संजाल तातेको छ । उनी माल्दिभ्स भ्रमणका कारण चर्चामा थिए । माल्दिभ्स पुगेर पनि उनले चिया बनाएर भिडियो राखेका थिए । विदेशीहरूलाई चिया पिलाउँदै उनले स्टाइल देखाएका थिए । त्यसअघि, ल्याम्बोर्गिनीमा उनी देखिएका थिए ।

एजेन्सीको सहयोगमा ।




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।