चालु आर्थिक वर्षमा बैंकहरुको अवस्था सुध्रदैछ? यस्तो देखियो संकेत

Sep 18, 2024 11:06 AM Merolagani



चालु आर्थिक वर्षमा बैंकहरुको वित्तीय अवस्था सुधारउन्मुख देखिएको छ। कोभिडपछि बढेको खराब कर्जाले गर्दा बिग्रदै गएको वित्तीय अवस्थामा केहि सुधार आउन थालेको असाउन महिनाको तथ्याँकले देखाएको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पहिलो महिनाको तथ्याँक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको साउनको तुलनामा ७.६ प्रतिशतले नाफा बढाएका छन्।

तथ्याँक अनुसर १३ बैंकले नाफा बढाएका छन् भने ७ बैंकको नाफा घटेको छ।

  • कृषि विकास बैंकले बढायो सबैभन्दा धेरै नाफा

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार साउन महिनामा कृषि विकास बैंकले सबैभन्दा धेरै नाफा बढाएको छ। गत आर्थिक वर्षको पहिलो महिनामा ३३ करोड १६ लाख नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ जुन ११४ प्रतिशतले धेरै हो।

यसैगरी नेपाल एसविआई बैंकले पनि १०७ प्रतिशतले नाफा बढाएको छ भने प्रभु बैकले ७९ प्रतिशत, सानिमा बैंकले ५१ प्रतिशत र सिटिजन्स बैंकले ३८ प्रतिशतले बढाएका छन्।

यता नेपाल बैंकको नाफा सबैभन्दा धेरै ३७ प्रतिशतले घटेको छ भने एनआइसी एशिया बैंकको ३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १९ प्रतिशतले घटेको छ।

  • धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक, नबिल बैंक पछि पर्यो

गत साउन महिनामा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि यो गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले कम हो।

यसअघि सबैभन्दा धेरै नाफा कमाउँदै आएको नबिल बैंक भने साउन महिनाको नाफाका आधारमा दोस्रो स्थानमा देखिएको छ। साउन महिनामा बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ।

यस्तै कृषि विकास बैंकले ७१ करोड नाफा कमाउँदा, हिमालयन बैंकले ५८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड, प्रभु बैंकले ५३ करोड, प्राइम र कुमारी बैंकले ५० करोड नाफा कमाएका छन्।

अन्य बैंकको भने नाफा ५० करोडभन्दा कम छ।

(नाेटः रकम दश लाखमा।)

 

पछिल्लो समय अर्थतन्त्र केहि सुधार हुन थालेको कारण पनि बैंकहरुको नाफा सुध्रन थालेको आँकलन गरिएको छ। बैंकहरुको खराब कर्जा बढेको कारण नाफा खस्कदै गएको थियो। अर्तथन्त्र चलायमान नहुँदा ऋणीले ऋण तिर्न नसक्ने अवस्था बनेको थियो। तर अहिले शेयर बजार पनि केहि चलायमान भएको छ भने घरजग्गा पनि केहि चलायमान हुँदै छ। यसले गर्दा पनि बैंकहरुको कर्जा असुली केहि बढेको छ।

आगामी दिनमा अर्थतन्त्र चलायमान हुँदै जाने हो भने बैंकहरुको नाफा थप बढ्दै जाने र आगामी वर्ष राम्रो लाभांश बाँड्न सक्ने अवस्था आउन सक्ने बैंकरहरु बताउँछन्।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।