सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

Sep 18, 2024 11:22 AM Merolagani



बुधबार सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ८९० रुपैयाँमा किनबेच भएको छ । मंगलबार एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।