बजार निरन्तरजसो ओरालो लागेपछि कारोबार रकम सुस्तायो, करिब साढे २ महिनायताकै न्यून कारोबार

Sep 18, 2024 03:18 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यद्यपि, पछिल्ला कारोबार दिनहरुमा ५० अंकभन्दा बढी घटेको नेप्से, यस दिन सामान्य घटेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक ४ अंक घटेर २५७६.७६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३७ अंक बढेको छ।

बजार निरन्तरजसो घटेसँगै कारोबार रकम सुस्ताउन थालेको छ। यस दिन ३२० स्टकको ८० हजार ३७८ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड ३९ लाख ५२ हजार कित्ता शेयर खरिबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो करिब साढे २ महिना यताकै न्यून कारोबार हो। यस अघि गत असार २६ गते नेप्सेमा ५ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको थियो। सोपश्चात यस दिन नै न्यून कारोबार भएको हो।

यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने रावा इनर्जी र भुगोल इनर्जीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुडविल फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब १७ करोडको शेयर कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.७६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने अरु उपसमूहको परिसूचकहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।