आर्थिक अवस्था सुधार गर्न बिदा, कफी र सेक्सलाई अभियानको रुपमा संचालन गर्दै रुस, बच्चा जन्माउने काम आर्थिक र ‘क्यारियर’ को लागि अवरोध नभएको दावी

Sep 18, 2024 06:15 PM mero lagani



देशको आर्थिक अवस्था उकास्न के गर्ने ? -विदाको समयको प्रशस्त सदुपयोग गर्ने, मज्जाले कफी पिउने र नियमित रुपमा सेक्स गर्ने ।

यत्ति कुरा सुनेपछि धेरैलाई लाग्ला-यो कुनै ‘भाइरलमोह’ बाट ग्रसित कुनै युटुवर वा कथित ‘इनफुल्न्सेर’ को सुझाव हो ।

तर, होइन यो त विश्वको सर्वाधिक शक्तिशाली देशहरु मध्येको एक रुस सरकारले आम नागरिकहरुलाई गरेको आव्हान हो । निरन्तरको युद्ध र जन्मदरको कमीको कारण देशको आर्थिक र सामाजिक संतुलन नै विथोलिन थालेपछि रुस सरकारले नागरिकहरुसँग त्यस्तो आव्हान गरेको हो ।

स्वास्थ्यमन्त्री येवगेनी सेस्टोपालोभका अनुसार काम र क्यारियरको बाहानामा महिलाहरुले सेक्स गर्न र बच्चा जन्माउन रुची देखाउन छोडेपछि त्यसको गम्भिर असर परेको छ । त्यहीकारण सरकारले बच्चा जन्माउनु क्यारियर र परिवारको आर्थिक व्यवस्थापनको लागि चुनौति होइन भन्ने बुझ्नको लागि अनुरोध गरेको छ ।

‘कार्यालयको ब्रेक टाइम, कफी र सेक्स अनुत्पादक काम होइनन्, उत्पादनशिल र जीवन सफल बनाउने सबैभन्दा महत्वपूर्ण कदम हुन भन्ने बुझ्न जरुरी छ । त्यसले व्यक्ति र परिवारको मात्र होइन, देशकै अवस्था सुधार गर्न सहयोग गर्छ’ सेस्टोपालोभले भनेका छन् ।

त्यहीक्रममा १८ वर्षदेखि ४० वर्षसम्मका महिलाहरुको स्वास्थ्य परिक्षणमा सरकारले जोड दिइरहेको र उनीहरुले जन्माउने बच्चाको पालन पोषणमा सहयोग गर्ने स्वास्थ्यमन्त्रीले घोषणा गरेका छन् । साथै उनले प्रदेश र स्थानीय सरकारलाई त्यसबारेमा आफ्नो क्षेत्रको अवस्था हेरेर आवश्यक अनुकूल कदम चाल्न पनि अनुरोध गरेका छन् । उनले यस बारेमा जनतालाई आकर्षित गर्न सरकारले थप कदम चाल्ने तयारी गरिरहेको जानकारी पनि दिए ।

बच्चा जन्माउन प्रेरिरत गरिरहेको सरकारले दम्पत्ती बीचको विवाद र डिभोर्सका घटना न्यूनीकरण गर्न पनि जोड दिएको छ । त्यहीअनुसार डिभोर्स गर्न लाग्ने खर्च अत्यधिकरुपमा बढाएको बताइएको छ ।

सरकारको आव्हानपछि रुसको दोस्रो ठूलो प्रान्त चेल्याविन्स्क ओवलास्टले २४ वर्षभन्दा कम उमेरमा बच्चा जन्माउने महिलालाई तत्कालै १ लाख २ हजार रुबल उपलब्ध गराउने घोषणा गरेको छ ।

स्मरणरहोस भूगोलको आधारमा विश्वको सबैभन्दा ठूलो देश रुसको जनसंख्या वृद्धिदर विगत केही वर्षदेखि निरन्तर कमी आइरहेको छ । सन् २०२०मा १४ करोड ६३ लाख ७१ हजार २९९ रहेको त्यहाँको जनसंख्या तीन वर्षको अवधिमै झण्डै नौ लाख घटेर १४ करोड ५४ लाख ४० हजार ५०० मा कायम भएको छ । वार्षिक ३ लाखभन्दा धेरै जनसंख्या घट्नु निकै डरलाग्दो चिन्ताको विषय भएको सरकारले जनाएको छ ।

 




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।