शेयर बजारप्रति अर्थमन्त्रीले देखाउन थाले चासाे, के अब नेप्सेको करेक्सन सकिएकै हाे ?

Sep 18, 2024 06:08 PM Merolagani



अर्थमन्त्री विष्णु पाैडेलले शेयर बजारप्रति चासाे देखाउन थालेका छन् । उनी बुधबार नेप्सेमा पुगेर शेयर बजारकाे बारेमा चासाे राखे ।

पछिल्लो समय फराकिलो अंकले घट्दै आएको बजार बुधबार समालिनको लागि प्रयासरत रह्यो । समान्य अंकले मात्रै घट्दा बजारमा करेक्न सकिएको हो की भन्ने अनुमान गर्न थालिएकाे छ ।

लगानीकर्ताहरु बजारमा प्यानिक भएर शेयर बिक्री गर्ने हतार गरेको पाइएन । नयाँ लगानीकर्ता बजार अझै घट्दा सस्तो मूल्यमा शेयर प्राप्त गर्ने आशामा 'पर्ख र हेर' को अवस्थामा बस्दा बजारमा सूचक सहित कारोबार रकम बढ्न नसकेको शेयर बिष्लेषकहरु बताउँछन् ।

अर्थमन्त्रीले चासाे देखाउन थालेकाले अब बजार बढ्ने र नेप्से सूचकसँगै कारोबार रकममा वृद्धि हुँदै जाने लगानीकर्ताको बुझाई छ ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।