दुर्गा प्रसाईँलाई पक्राउ पुर्जी, राजेन्द्र लिङ्देन, कमल थापा र राजेन्द्र महतो ‘नोटिस’ मा

Sep 18, 2024 06:13 PM mero lagani



विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित  युट्युवरहरु जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध साइबर अपराधको विषयलाई लिएर पक्राउ पुर्जी जारी भएको हो । 

जिल्ला अदालत काठमाडाैंबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त गरेपछि अहिले उनीहरुलाई पक्राउ गर्ने तयारी भइरहेको छ ।

संविधान विरोधीहरु ‘नोटिस’ मा

संविधान दिवसका दिन असोज ३ गते बिहीबार काठमाडौंसहित देशभर सम्भावित संविधानविरोधी गतिविधीलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाएको छ । संविधान विरोधि मानिएका राजावादी र मधेशवादी दलका नेताहरुका गतिविधिलाई प्रहरीले ‘नोटिस’ मा राखेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कालो दिवसका रुपमा मनाउने र साँझ ८ बजे १ मिनेट बत्ती निभाउने निर्णय गरेर संविधानको विरोधको आव्हान गरेको छ । आम जनता पार्टीले संविधान अन्त्येष्टि यात्रा गर्ने घोषणा गरेको छ । त्यो जानकारी पाएपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, आजपा अध्यक्ष प्रभु शाह सहितका नेताहरुको गतिविधिलाई सूक्ष्मरुपमा नियालिरहेको बताइएको छ ।

त्यस्तै राजेन्द्र महतोअध्यक्ष रहेको राष्ट्रिय मुक्ति क्रान्ति, कमल थापा अध्यक्ष रहेको राप्रपा नेपाल, महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी, पशुपति खड्का अध्यक्ष रहेको शाही युवा शक्ति, सन्तोष राजावादी अध्यक्ष रहेको अनवरत तत्पर फौज (एटीएफ), अनिल बस्नेत अध्यक्ष रहेको शिव सेना नेपाल, राहुलराज यादव अध्यक्ष रहेको युथ एसोसिएसन अफ नेपाल, तराई मधेश राष्ट्रिय काउन्सिल, शुसिलमान शेरचन अध्यक्ष रहेको बीपी कांग्रेसलाई प्रहरीले निगरानीमा राखेको छ ।

यस्तै गोविन्द निरौला अध्यक्ष रहेको समाजवादी कांग्रेस, महेन्द्र लावतीको पहिचानवादी मोर्चा, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रवादी नागरिक समाजलगायत पनि प्रहरी निगरानीमा छन् ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।