गत साता ४ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Sep 22, 2024 06:34 AM Merolagani



गत साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको थियो। अघिल्लो साता २६८८.५३ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.१६ प्रतिशत अर्थात १११.७७ अंक घटेर २५७६.७६ विन्दुमा झरेको थियो।

गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमा तीनै कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

 

टेवा क्षेत्रमा

गत साता नेप्से टेवा क्षेत्रमा झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २५३० देखि २६३० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा २९५० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

फलिङ्ग वेज प्याटर्न

पछिल्लो समय नेप्सेले फलिङ्ग वेज प्याटर्न बनाइरहेको छ। यो एक बुलिश प्रकृतिको प्याटर्न हो। साताको अन्तिम कारोबार दिन नेप्सेले यसै प्याटर्नको मान्यूट ट्रेण्डको सपोर्ट लाइनमा टेवा पाएको देखिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्से घटेसँगै भोल्यूम पनि कमजोर भएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १२ अर्ब ८१ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३९.१८ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा रहेको छ। नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ भने यी दुई रेखाबीचको दूरी फराकिलो रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, पछिल्ला ३ कारोबार दिनमा हिस्टोग्रामको उचाई भने घट्दो क्रममा रहेको छ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले हाल नेप्सेमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।