थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

Oct 22, 2024 10:29 AM Merolagani



थ्रिस्टार हाइड्रोपावर लिमिटेड (TSHL) ले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट) का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीले बताएको छ।

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।




comments powered by Disqus

नबिल बैंकको लाभांश घोषणा

Oct 30, 2024 10:04 AM

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।