एनएलजी इन्स्योरेन्सको हकप्रद संशोधन

Sep 10, 2024 10:44 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले हकप्रद शेयरको दर संशोधन गरेको छ। इन्स्यारेन्सले अब ६२.५६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

इन्स्योरेन्सले यस अघि ६६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। तर, सो हकप्रद शेयर स्वीकृत हुनुभन्दा अगाडि नै ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएकोले इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको हो। यस अनुसार अब इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ६.२५६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

५.५० प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ ९७ पैसा रहेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात इन्स्योरेन्सले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।