सुन र चाँदीको मूल्य घट्यो

Nov 10, 2024 10:47 AM Merolagani



आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ । आज आईतबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 यस दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

सुनको मूल्यमा भारी वृद्धि

Nov 08, 2024 10:46 AM

कात्तिक २३ गते शुक्रबार, नेपाली सुनको मूल्यमा भारी वृद्धि भएको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।