हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Nov 14, 2024 12:36 PM Merolagani



हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो।

कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले सहवित्तीयकरण बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

विद्युत नियमन आयोगको सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।




comments powered by Disqus

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्यमा भारि गिरावट

Nov 25, 2024 10:42 AM

मंसिर १० गते, सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट भएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ताेलामा ११५ रुपैयाँ घटेकाे छ ।