चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड २२ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।
आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ८.४६ प्रतिशत र कुल आम्दानी ६.८८ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी २१८.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १ हजार ८५०.०८ प्रतिशत बढेको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ६९ पैसा रहेको छ। ९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५० करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ।