सेजन अवार्ड ओझालाई, विभिन्न विधामा पुरस्कृत भए आर्थिक पत्रकार

Nov 30, 2024 07:19 PM merolagani



 नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् ।

सेजनको २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशीको सो अवार्ड प्रदान गरेका हुन् ।

ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् । उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटीबारे समाचार लेखेका थिए । सोही समाचारका लागि उनलाई अवार्ड प्रदान गरिएको हो ।
 साथै शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरे । प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् । डिजिटल अवार्ड १२ खरी डटकमका कमल धितालले प्राप्त गरे ।
 
सो अवसरमा स्वर्णिय सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरुलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।



comments powered by Disqus

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2024 07:16 AM

पुस ९ गते, मंगलबार, ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।