साधारणसभा नजिकिएपछि बोर्डमा जान बैंकको शेयर उठाउदै लगानीकर्ता, यी कम्पनीमा हुँदैछ प्रतिस्पर्धा

Dec 26, 2024 03:35 PM Merolagani



साधारणसभा नजिकिदै गर्दा सञ्चालक समितिमा जानको लागि लगानीकर्ताहरुले बैंकको शेयर उठाउन थालेका छन्। सञ्चालकको निर्वाचन रहेको बैंकहरुमा शेयरको माग बढेको छ। जुन शेयर लगानीकर्ताले बोर्डमा जानको लागि उठाउन थालेका हुन्।

बिहीबार प्रभु बैंकको कुल २० लाख ९९ हजार ५७८ कित्ता शेयर ५० करोड ७७ लाख ८३ हजार ७०३ रुपैयाँको शेयर कारोबार भएको छ। अन्य दिनहरुमा २ लाख कित्ता पनि शेयर कारोबार नहुने प्रभु बैंकले बिहीबार भने एकैपटक २१ लाख कित्ता कारोबार भएको छ।

प्रभु बैंकले आगामी वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक नियुक्त गर्दैछ। जसमा ३ जना संस्थापक शेयरधनीको तर्फबाट र ३ जना सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त हुने छन्।

साधारणसभा प्रयोजनको लागि बैंकले पुस १७ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। साधारणसभामा भाग लिन र सञ्चालकलाई भोट हाल्नको लागि १६ गतेसम्ममा शेयरधनी कायम भइसक्नुपर्नेछ। सोहि कारण बुकक्लोज अगाडि नै बैंकको शेयर खरिद गर्न थालेको देखिन्छ।

यसैगरी, साधारणसभा हुन बाँकी माछापुच्छ्रे बैंकले पनि सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक नियुक्त गर्ने भएको छ। सोहि कारण माछापुच्छ्रे बैंकमा पनि खरिदकर्ता हाबी भएको देखिन्छ।




comments powered by Disqus

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2024 07:16 AM

पुस ९ गते, मंगलबार, ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।