सुन र चाँदीको मूल्यमा भारि गिरावट, कति घट्यो सुनको मूल्य?

Dec 15, 2024 11:12 AM Merolagani



मंसिर ३० गते, आईतबार सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।




comments powered by Disqus

बैंकहरुको ब्याजदर घट्यो कि बढ्यो? कुनै बैंकले कति दिन्छ ब्याज?

Dec 15, 2024 07:52 AM

वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सूचना अनुसार केही बैंकहरुले ब्याजदर मंसिरको तुलनामा बढाएका छन्, केहीले घटाएका छन् भने अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।