सुन र चाँदीको मूल्य ह्वातै घट्यो

Dec 19, 2024 10:43 AM Merolagani



पुस ४ गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य ह्वातै घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।